काठमाडौं । अष्ट्रेलियामा आज सम्पन्न संघीय निर्वाचनमा लेबरले जित हासिल गरेको छ ।यो जित संगै अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिज पुनः निर्वाचित भएका छन् ।
सन् २०२२ मा पहिलोपटक प्रधानमन्त्री बनेका अल्बानिज दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । विपक्षी दलका नेता पिटर डटनले निर्वाचनमा पराजय स्वीकार गर्दै अल्बानिजलाई बधाई दिएका छन् ।
जनताको निर्णयलाई सम्मान गर्ने बताउँदै डटनले अल्बानिजलाई बधाई दिएका हुन् ।उनले अल्बानिजलाई पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएकोमा शुभकामना पनि दिएका छन् ।
अल्बानिज नेतृत्वको लेबर पार्टीले अपेक्षाकृत राम्रो परिणाम हासिल गर्दै पुनः सरकार गठन गर्ने अवस्था बनाएको बीबीसीले जनाएको छ । उनको जीतसँगै लेबर पार्टीले स्थायित्व र निरन्तरताको सन्देश दिएको विश्लेषण भइरहेको छ। प्रधानमन्त्री अल्बानिजले जनताको विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका छन् ।