काठमाडौँ । डेनमार्क सरकारले आप्रवासनका लागि नयाँ कानुन भोली मे २ बाट लागु गर्ने भएको छ । मे २ बाट जारी हुने नयाँ कानुनमा उच्च शिक्षा अध्ययनका लागि डेनमार्क गएका विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेपछि तुरुन्तै डेनमार्क छोड्नुपर्ने र डिपेन्डेन्ट आफूसँगै ल्याउन अनुमति पनि नदिने गरी कानुन ल्याउन लागेको हो ।
पहिले नै भिसाको लागि आवेदन दिइसकेका विद्यार्थीहरू वा आउने विद्यार्थीहरू यसबाट प्रभावित नभए पनि आगामी डेनमार्क जाने सोच बनाएका विद्यार्थीहरूलाई भने यो नियमले समस्या हुने देखिन्छ ।
यी नियमहरूले गैर–राज्य–अनुमोदित उच्च शिक्षा संस्थाहरूमा तेस्रो देशका विद्यार्थीहरू र उनीहरूका परिवारहरू दुवैलाई असर गर्नेछ। डेनमार्क सरकारले यहाँ आप्रवासनका लागि नयाँ नियम ल्याउने घोषणाले यसको असर नेपालीमा प्रत्यक्ष पर्ने देखिएको छ।