काठमाडौं । पछिल्लो सात दिन कारोबार लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ ।
नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।
बुधबार विभिन्न ३ सय २३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता शेयर ७९ हजार २ सय ३६ पटक खरिदबिक्री हुँदा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७ सय ५५ रुपैयाँबराबरको कारोबार भएको छ ।