पोखरा- पोखरा ८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालका अनुसार, श्रावण १० गतेदेखि सुरु भएको एक महिने कार्यक्रममा १० औं दिनसम्म भक्तजनहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ।
सहयोग र प्रसाद वितरण
अध्यक्ष ढकालका अनुसार, भक्तजनहरूको बढ्दो भीडसँगै सहयोग रकम र प्रसादका लागि पनि सहयोग आउने क्रम जारी छ। शनिवार गोपिका पाण्डे, पत्रकार रेनुका सुवेदी, अशेष भण्डारी, रेनुका भण्डारीको नेतृत्वमा मणिपाल अस्पतालका स्टाफ नर्सहरूको समूह, भाष्कर बोर्डिङ स्कुलका शिक्षक सबु लामिछाने, पद्य नर्सिङ होमका एकाउण्टेन्ट ज्योती सुवेदी पराजुली, सामाजिक तथा धार्मिक ब्यक्तित्व दीपा पाठक, भगवती ढकाल, शान्ति पौडेल, गंगा ढकाल, र रोमन सुवेदी लगायतले प्रवचनमा आउने भक्तजनका लागि प्रसादको व्यवस्था गरेका छन्। यो जानकारी श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले दिएका छन्।
प्रवचन र भजन
श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले उपबाचकको रूपमा प्रवचन दिइरहेका छन्। भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन्।
समय तालिका
हरेक दिन ११ बजे देखि २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने गर्दछ। अध्यक्ष ढकालका अनुसार, कार्यक्रममा सहभागी हुने भक्तजनहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ, जसले गर्दा कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनेको छ।