टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले एक अन्तर्वार्तामा आफ्ना छोराको मृत्युको बारेमा खुलासा गरेका छन्।
एक्सका संस्थापक मस्कका अनसार उनका एक छोराको मृत्यू ‘‘वोक माइंड भाइरस’’का कारण भएको हो। मस्कले खुलासा गरे कि उनका छोरा जेवियरमा वोक माइंड भाइरसका लक्षण देखिएको थियो। जसका कारण उनको मृत्यु भएको हो।
मस्कले भनेअनुसार उनलाई उनका छोरालाई यौवन अवरोधक औषधिहरू (जवान हुनबाट रोक्ने औषधिहरू) दिनका लागि बाध्य पारिएको थियो। यी औषधिहरूको कारण उनका छोराको मृत्यु भएको हो। मस्कका अनुसार, जेवियरलाई जानाजान आत्महत्या गर्न बाध्य पारिएको थियो, जसका कारण उनले युवाहरूलाई सचेत पार्ने मार्ग अपनाएका छन्।
कोरोना कालको दौरान मृत्यु
मिडिया रिपोर्टका अनुसार, एलन मस्कले टेस्ला र स्पेसएक्सका सीईओका रूपमा जॉर्डन पीटरसनसँगको अन्तर्वार्तामा यो खुलासा गरेका थिए। मस्कले अहिले ‘वोक माइंड भाइरस’लाई समाप्त पार्ने कसम खाएका छन्। यो घटनाक्रम उनका ठूलो छोरा जेवियरसँग सम्बन्धित थियो। जेवियरसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गर्न मस्कलाई बाध्य पारिएको थियो।
मस्कका अनुसार, यो घटना कोरोना कालको हो। त्यो समयमा कोविड–१९ चलिरहेको थियो, जसका कारण धेरै भ्रमको स्थिति थियो। उनलाई भनिएको थियो कि यदि जेवियरले यस्ता कदम चालेनन् भने उनी आत्महत्या गर्न सक्छन्, जुन पूर्ण रूपमा झूट थियो। मस्कले भने कि त्यो अविश्वसनीय रूपमा अत्यन्तै खराब समय थियो, जुन उनी कहिल्यै भुल्न सक्दैनन्।