काठमाडौं – नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा धार्मिक पदयात्रा हुने भएको छ।
पदयात्रा श्रावण ७ गते दिउँसो १२ बजेदेखी काठमाडौंको मैतिदेवी मन्दिरबाट शुरु भएर पशुपतीनाथ मन्दिरसम्म पुग्नेछ। यस धार्मिक पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुने बताइएको छ। साथै, धर्मगुरु पुष्प राज पुरुषलगायत अन्य धार्मिक व्यक्तिहरुको पनि सहभागिता रहनेछ।
धार्मिक पदयात्रा सनातन हिन्दु धर्म र संस्कृतिको प्रचार–प्रसार गर्दै राष्ट्रको एकता र सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको हो। आयोजकले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई पदयात्रामा सहभागी हुन अनुरोध गरेका छन्।
यो कार्यक्रमले सनातन हिन्दु धर्मका मुल्य र मान्यतालाई पुनःस्थापना गर्न र समाजमा धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
नेपाल सनातन धर्म संस्कृति संगठनले यस किसिमको धार्मिक पदयात्रा निरन्तर गर्दै आएको छ।