काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो। सोमबार बसेको निगम सञ्चालक ससमितिको बैठकले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
नयाँ मूल्य अनुसार पहिलो वर्ग अर्थात चारआली, विराटनगर, जनकपुर, भलवारी, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६८.५० रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १५७.५० पैसा पुगेको छ ।
त्यस्तै दोस्रो वर्ग अर्थात सुर्खेत र दाङ्गमा पेट्रोल १७० रुपैयाँ पुगेको छ भने डिजेल १५९ रुपैयाँ पुगेको छ।
त्यसैगरी तेस्रो वर्ग अर्थात काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७१ रुपैयाँ पुगेको ५ भने डिजेल १६० रुपैयाँ पुगेको छ।
नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।