काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार अपराह्न करिब साढे २ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
अहिले ओली बालुवाटारबाट बाहिरिएका छन्। प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि निराश भएर बाहिरिएका हुन्। भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे छलफल भएको तर सहमति हुन नसकेको बताइएको छ।
यसअघि शुक्रबार बिहान बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो।
पुरानो गठबन्धन ब्युँताउने तयारी भइरहेको बेला प्रचण्ड र ओलीको निर्णायक वार्ता भएको हो। एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ।
प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार प्रवेश गरेका छन्।
सम्बन्धित समाचारः
पुरानो गठबन्धन ब्युँताउन निर्णायक बैठक आजै बस्ने
पुरानो गठबन्धन ब्युँताउने भनिएको बालुवाटार बैठकमा के–के भयो ?