काठमाडौं ।काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने भएको छ ।
सरकारले पोर्चुगल सरकारलाई नेपालमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेसँगै पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने भएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको हो। यसअघि सरकारले पोर्चुगल सरकारसँग काठमाडौंमा कन्सुलर कार्यालय खोल्न आग्रह गर्दै आएको थियो।
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना भएपछि त्यहाँ रहेका नेपालीलाई सहज हुने भएको हो।