काठमाडौं। बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ।
शुक्रबार बिहानदेखि सुरु चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक बैठक भर्खरै सकिएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए।
बैठकमा पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको कांग्रेस महामन्त्री गगन थापाले बताए।
उनले छलफल सकारात्मक भएको र फेरि आजै साँझ ५ बजे बस्ने जानकारी दिए। बैठकमा आजै साँझ बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेको छ।
थापाले भने, ‘राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंगो लगाउँछ। अहिलेको बैठक राष्ट्रपतिमै केन्द्रित भएको हो। यसबीचमा हामी आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं। सबैले आ–आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं। भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं। विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ। छलफल सकारात्मक छ।’