काठमाडौँ । सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

सम्बन्धित समाचारः
सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउने
‘गृह मन्त्रालयमा मैले हैन पार्टीको दाबी हो, उपनिर्वाचनबाट जितेर मात्रै पदमा जान्छु’
५ वर्षपछि मन्त्री हैन, प्रधानमन्त्री बन्छुः रवि लामिछाने