काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा आफूले दाबी नगरेको बताएका छन्।
आज बसेको उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
त्यसपछि आयोजित पत्रकार सम्मेलनमा उनले गृह मन्त्रालयमा आफूले दाबी नगरेको बताए।
तर, आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालयमा भने दाबी गरेको उनले बताए। उनले उपनिर्वाचनबाट जितेर आएबाहेक कुनै पदमा नजाने बताए।
उनले नेपाली पासपोर्ट लिएको तर दुरुपयोग नगरेको बताए।

उक्त पार्टीका मन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन्।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।