काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
यो निर्णयसँगै उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिँदैछन्।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।
गृह मन्त्रालय दिन रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ शनिबार सकिएको थियो। त्यसपछि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो।
त्यस विषयमा केहीबेरमा उक्त पार्टीले पत्रकार सम्मेलन गरिरहेको छ।