काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी कायम गर्ने बताएका छन्।
सरकार छोड्ने निर्णयपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी कायम गर्ने बताएका हुन्। उनले ५ वर्षपछि मन्त्री नभएर प्रधानमन्त्री बन्ने बताए।
उनले भने, ‘म जेल परे पनि, मरे पनि, बौलाए पनि पार्टी चल्छ।’
आज बसेको उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
सम्बन्धित समाचारः
सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले आजै राजीनामा बुझाउने
‘गृह मन्त्रालयमा मैले हैन पार्टीको दाबी हो, उपनिर्वाचनबाट जितेर मात्रै पदमा जान्छु’