काठमाडौं। पर्यटनमन्त्री जीवनराम श्रेष्ठले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन्।
उनको सचिवालयले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका गुरूङलाई रिहाइ गर्न गृह मन्त्रालयलाई आग्रह गरेको जानकारी दिएको छ।
गुरुङले प्रहरीसमक्ष गल्ती मसहुुस गरिसकेकाले मन्त्री श्रेष्ठले रिहा गर्न आग्रह गरेको बताइएको छ।
पर्यटनमन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भनेपछि गरुड सेक्युरिटीअन्तर्गत छायाँ सेन्टरमा कार्यरत गुरुङ पक्राउ परेका थिए। उनलाई हिरासतमा राखिएको थियो।

यसअघि गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका थिए।
सम्बन्धित समाचारः
मन्त्रीलाई ‘लाइनमा बस्नुस्’ भन्ने गुरूङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन
गुरुङलाई पुरस्कृत गर्नुपर्छ, नियम मिच्ने मन्त्री श्रेष्ठमाथि अनुसन्धान हुनुपर्छः लामिछाने
जानकारीबिनै बायोमेट्रिक्सका लागि टोलीसहित पुगेका थिए मन्त्री श्रेष्ठ, नियम मान्नुस् भन्दा थर्काए
पर्यटन मन्त्री श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने सुरक्षा गार्ड पक्राउ