नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा कांग्रेसलगायत गठबन्धनका दललाई ठूलो सफलता हासिल भएको बताएको छ।
सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं । सहयोगी दलले पनि उल्लेख्य सफलता हासिल गरेका छन्।
स्थानीय तह निर्वाचमा गठबन्धन सफल भएको र यसले प्रदेश र संघको चुनावमा गठबन्धन गरेर जाने आधार मजबुद बनाएको उनले बताए।
उनले प्रदेश र संघ निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्य कांग्रेसको रहेको त्यहीअनुसार पार्टी काम र गठबन्धनलाई सँगसँगै अगाडि बढाइने बताए।
उनले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचन भएको दाबी गरे। उनले उदयपुर र बाजुरा गरी दुई ठाउँमा अझै विवाद कायम रहेकोले तत्काल समाधान निकाल्न निर्वाचन आयोगलाई आग्रह गरे।