काठमाडौं । विशेष अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्ष पदमा युवराज बञ्जाडे निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम विवरणअनुसार अध्यक्ष पदमा बञ्जाडे निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै, सचिवमा बसन्त योगी, सहसचिव (महिला) मा मौसम राई र कोषाध्यक्षमा विपिन कोइराला निर्विरोध निर्वाचित भएका छन्।यसैगरी, सदस्य (महिला) पदमा कविता आचार्य तथा सदस्य (खुला) पदमा सुजाता घिमिरे, गोविन्दबहादुर साह, सन्तोष कोइराला, प्रभात विक्रम कटवाल र सुजाता केसी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
उपाध्यक्ष पदमा भने आकृति अधिकारी र बोलराम पाण्डेबीच प्रतिस्पर्धा भएको निर्वाचन समितिको विवरणमा उल्लेख छ।निर्वाचन समितिले २०८३ भदौ १२ गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक गरेको हो।