भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्।
भरतपुर महानगरपालिकामा ११३७७७ गणना हुँदा रेनु दाहालले १०८९४ मतको अग्रता लिएकी छन्।
उनलाई एमालेका विजय सुवेदीले मतसहित पछ्याइरहेका छन्। भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा छन्।
पछिल्लो मत परिणामः
रेनु दहाल (गठबन्धन) – ४५८८७
विजय सुवेदी (एमाले) – ३४९९३
जगन्नाथ पौडेल (स्वतन्त्र) – १३९३७
उपमेयर
चित्रसेन अधिकारी (रुख) – ४६९१३
हिमला गुरुङ (हलो) – २७५५५
अहिले २५ र २६ वडाको मत गणना भइरहेको छ।