सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्वाचित भएका छन्।
लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका उनले २० हजार ८२१ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै मेयर निर्वाचित भए।
किशोरले १६ हजार ५९ मत प्राप्त गर्दा नेकपा एमालेकी मन्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याइन् ।
उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए।
यहाँ नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए। उनले १७ हजार छ सय छ मत ल्याएका थिए।