नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टीलाई सङ्गठित बनाउन उपसभापति पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
उनले कुनै समूहको निहित स्वार्थ पुरा हुने गरी पार्टीको विधान, नियमावली तथा निर्देशिका संशोधन गर्दा सिङ्गो पार्टीलाई हानी पुग्ने बताए । विधानमाथि हस्तक्षेप हुँदा थारु, आदिवासी, दलित, महिला, मधेसी तथा मुस्लिम लगायतका समुदाय पार्टीको नेतृत्व तहसम्म पुग्न नसक्ने उनको भनाई छ ।
उपसभापति गच्छदारले अहिले अदालतमा उठेको विषयलाई राजनीतिक दलहरूले गम्भीर रुपमा लिनुपर्ने बताए ।