नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि अस्वस्थ रहेका नेता नेपाल बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
रुघाखोकी र ज्वारो आएर घरमै आराम गरिरहेका नेता नेपाललाई साँझ अस्पताल भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ ।
उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।