एक १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् ।
दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो ।
उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए । स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।