मनसुन सुरु हुनासाथ धैरेको मुहारमा खुशी छाउँछ। किनभने गर्मी मौसममा पानी परेपछि हामीलाई राहत महशुुुस हुन्छ। पानी परिरहेका बेला कतिलाई तातोतातो चिया, साथमा पकौडा वा अन्य यस्तै परिकारहरु खान मन पर्छ होला।
तर, हामीले खानेकुरामा ध्यान दिनुपर्छ। हामीले बुझ्नुपर्छ, मनसुनले हामीलाई जति राहत दिन्छ, उत्ति नै बिरामी पनि बनाउँछ। यस समयमा मौसम परिर्वतनका कारण भाइरस र व्याक्टेरियाबाट हुने रोगको जोखिम बढ्छ।
त्यसैले मनसुनको मजा लिँदै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्यान गर्नुपर्छ। विशेषज्ञहरुका अनुसार यस्तो मौसममा हामीले आफ्नो खानपानमा ध्यान दियौँ भने हामी बिमारी पर्नबाट बच्न सक्छौँ। मनसुन अथवा बर्खाको बेला चिसो भन्दा तातो पानी पिउनु बुद्धिमानी हो। यो बेला चियामा अदुवा अथवा पुदिना हालेर खानाले रुघा लाग्दैन।
मनसुनमा मह खानु अति नै उपयोगी मानिन्छ किनभने मह औषधीय गुणले भरिपूर्ण हुन्छ। महको सेवनले हाम्रो शरीरमा ‘एन्टीआक्सिडेन्टस’ उत्पन्न हुन्छ, जसले हाम्रो इम्यूनिटी बढाउन सहयोग गर्दछ।
मनसुनमा खानामा लसुन, अदुवा, खुर्सानी, हिंग, बेसार, जीरा, धनियाँ, मेथी आदिको गर्नाले हाम्रो पाचन सम्बन्धी समस्यालाई टाढा गर्नमा मद्धत गर्दछ।