सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज विहिबार बस्दैछ । पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने कांग्रेसले जनाएको छ ।
बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा चौधौं महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुनेछ ।
नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिँदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो । सोहीअनुसार हआज दिउँसो २ बजे बैठक बस्न लो ।
कांग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ ।