सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारीको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन् ।
बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन, क्रियाशील सदस्यता विवाद र समसामयिक विषयमा छलफल जारी रहेको छ ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधानका लागि भएको प्रगति विवरण प्रस्तुत गर्नेछन् ।
बैठकले तल्लो तहका कार्यसमितिहरुको अधिवेशन मिति हेरफेर गर्ने सम्भावना छ ।