स्मार्ट फोन आज हामी सबैको जिन्दगीको हिस्सा बनिसकेको छ। तर, यहि स्मार्टफोट बिस्तारै हाम्रो लागि खतरा बनिरहेको छ। यो हाम्रो शरिरको लागि निकै खतरनाक सावित भइरहेको छ।
अध्यारोमा स्मार्ट फोन चलाउदाँ आँखाको दृष्टि जान सक्छ। यदि तपाईको सुत्नुअघि स्मार्टफोन चलाउने बानि छ भने यो खबरले तपाईलाई चकित बनाउन सक्छ। राती स्मार्टफोन चलाउने बानीले आँखाको ज्योती मात्र होइन, ज्यान नै जान सक्छ। हालसालै ब्रिटेनमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लगाएको हो।
न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसीनको एक रिपोर्टमा यि कुराहरु उल्लेख छन्। ब्रिटेनमा केहि समयअघि दुई महिलाहरुको दृष्टि गुमेको थियो। चिकित्सकहरुका अनुसार एक महिलाको उमेर ४० वर्ष थियो भने अर्कि महिलाको उमेर २२ वर्ष थियो। विभिन्न किसिमका स्वास्थ्य परिक्षण गर्दा पनि उनीहरुको आाँखाको ज्योती गुम्नुको कारण पत्ता लागिरहेको थिएन्।
पछि, उनीहरुले राती सुत्ने बेलामा स्मार्ट फोन चलाउने समयमा उनीहरुलाई यस किसिमका समस्या भएको रहेछ। चिकित्सकको सल्लाह नमानेर रातको समयमा अत्याधिक स्मार्ट चलाएकाले उनीहरुको दृष्टि गुमेको रिपोर्टमा उल्लेख छ। चिकित्सकहरुले यो रोगको नाम ‘ट्रान्जियट स्मार्टफोन ब्लाईण्डनेश’ राखेका छन्। रातको समयमा स्मार्टफोन चलाउँदा आँखाको रेटिनामा प्रभाव पर्ने गर्छ र बिस्तारै मान्छेको दृष्टि गुम्दै जान्छ।
साथै विभिन्न अध्ययनहरुका अनुसार स्मार्टफोनको प्रयोगले तनाव पनि बढाउने गर्छ। जसले मस्तिस्कमा समेत दिर्घकालिन असर पार्ने गर्छ। एजेन्सीको सहयोगमा