नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछी उनलाई आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अस्पताल श्रोतका अनुसार खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको हो। यसअघि कोरोना संक्रमण भएर निको भएपछी खनाल घरमै आराम गरिरहेका थिए।