स्थगित खोप अभियानलाई काठमाडौं महानगरपालिकाले पुनः सञ्चालन गर्ने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले आज एउटा सुचना जारी गर्दै यसबारे विस्तृत जानकारी दिएका छन्। उनले काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ र असार १ गते खोप लगाइने कार्यक्रम रहेको बताए।
जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर भेरोसेल खोपको पहिलो मात्रा लगाउने अभिायन सुरु भएको थियो। तर खोप अभावमा काठमाडौं महानगरपालिकाले दुई दिन अघि नै खोप कार्यक्रम स्थगित गरेको थियो।
