महानगरपालिकामा जारी रहेको खोप कार्यक्रम स्थगित गरिएको छ। महानगरपालिकाले बिहिबार सुचना जारी गर्दै महानगर भित्रका सबै सबै वडाध्यक्षहरुलाई खोप कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ।
‘६० देखी ६४ वर्ष समुहका नागरिकहरु लगायतलाई भेरोसिल खोप दिने कार्यक्रम भइरहेकोमा स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खाृप सख्या खोप संख्या सकिएको भनि सुचना प्राप्त भएकाले मिती २०७८ जेठ २८ बाट खोप कार्यक्रम स्थगित गरिएको महानगरको स्वास्थ्य तथा खाद्य नियमन विभागका प्र प्रमुख हरि बहादुर कुँवरले जानकारी दिए।
अर्को सुचना जारी नहुँदासम्मको लागि खोप कार्यक्रम स्थगित गरिएको कुँवरले बताएका छन्।
