स्ट्याड्अप कमेडियन आदर्श मिश्रको बुवाको मृत्युसँगै नागरिकको स्वास्थ्यप्रति राज्यको गम्भिरताको बिषयमा वहस शुरु भएको छ। आदर्शका बुवा बिनोदले पनि कैयौँ मृगौला पिडीतहरु जस्तै अकालमा ज्यान गुमाए। एकातिर मृगौला पिडीतप्रति राज्यको उदासिनता अर्कातिर कोभिडको समयमा सरकारी तथा निजी अस्पतालहरुले देखाइरहेको लापरवाही, यसैकारण आदर्शका बुवा पनि बाच्न पाएनन्।
यसैविच आदर्श मिश्रको बुवाको निधनप्रती बिबेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भने, ‘मिर्गौलापीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ!’
आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र भएको अध्यक्ष मिश्रले टिप्पणी गरे। ‘यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमारदाजुभाइरदिदीबहिनी जाने गर्छन्,’ उनी लेख्छन्, ‘आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस्। तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’
अध्यक्ष मिश्राले स्वास्थ्य आधारभूत मानव अधिकार भएको र त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनुपर्ने बताए। उनले भने, ‘तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस्! म पनि तपाईंको साथमा छु।’
आदर्शका बुवा बिनोदको मगंलबार उपचारको क्रममा भरतपुरमा मृत्यु भएको थियो। उनी मिर्गौला रोगबाट ग्रस्त थिए। आदर्शले आफ्नो बुवाको मृत्युको कारण वीरगञ्जको नेशनल मेडीकल कलेज र नारायणी अस्पताल भएको आरोप लगाएका छन्। अस्पतालको लापरवाहीका कारण आफ्नो बुवाको मृत्यु भएको आदर्शको दावी छ।