कोरोनाभाइरसले निम्त्याएको महामारीका कारण अहिले मुलुक जर्जर अवस्थामा छ। कोरोनाको दोश्रो लहरबाट जोगिन गरिएको लकडाउन पनि खासै उपलीवधमुलक भइरहेको छैन्। दिनानुदिन उराठलाग्दो तरिकाले संक्रमित र मृतकहरुको संख्या बाहिरीँदैछ। चरम अस्थिरतामा फसेको राजनीतिक अवस्थाका कारण महामारी नियन्त्रण अहिले सरकारको पहिलो प्राथमिकता पनि बन्न सकेको छैन।
यसैविच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन्। कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए। मन्त्रालय सचिव लक्ष्मण अर्यालले भने, ‘जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्नेछ।’
मन्त्री त्रिपाठीले राजनीतिक राजनीतिक अस्थिरताका बावजुद स्वास्थ्य मन्त्रालय कोरोना महामारी नियन्त्रणमा गम्भिरताका साथ अघि बढीरहेको दाबी गर्छन। उनले कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको जानकारी दिए।
मन्त्री त्रिपाठीले खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको बताए। कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए। कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी छ। यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए।