युरोपियन देशहरुमा कोरोना संक्रमणबाट राहत मिलेपछी निषेधहरु हट्न शुरु भइसकेका छन्। फ्रान्समा छ महिनादेखी बन्द रहेका कफि शप रेस्टुरेन्टहरु खुल्न थालेका छन्। अष्ट्रियामा पनि अतिथीहरुको लागि होटल खुलिसकेको छ।
फ्रान्समा छ महिनादेखी चलिरहेको निषेध विभिन्न चरणमा खोलियो। पहिला ७ बजेको स्थानमा ९ बजेदेखी कफ्र्यू लगाइयो। त्यसपछी संग्रहालय, सिनेमाघर र खुला स्थानहरुमा चलिरहेका कफि शप पनि बुधबारदेखी खोलियो। कफि शप खुलेको पहिलो दिन राष्ट्रपति इमैनुएल मैक्रोँ र प्रधानमंत्री जीन कास्टेक्स एउटा काफी शपमा कुराकानी गर्दै गरेको देखिएका थिए।
विभिन्न युरोपियन देशमा खुले रेष्टुरेन्ट
फिल्म अभिनेत्री इम्यानुएल बेअर्ट सिनेमाघर गइन, जहाँ उनको फिल्म प्रदर्शन भइरहेको थियो। फ्रान्समात्र होइन, यूरोपमा इटली, बेल्जियम, हन्गेरी र आस्टि«यामा पनि खुला स्थानमा चलिरहेका रेष्टुरेन्ट खोल्न अनुमती दिइएको छ।
फ्रान्समा अहिले पनि राती ११ बजेदेखी कफ्र्यू लगाउने योजना छ। फ्रान्सको की प्रतिशत वयस्क जनसंख्याले कम से कम एक डोज भ्याक्सीन लगाइसकेका छन्। यूरोपीयन यूनियन (ईयू) ले गैर यूरोपीयन यात्रीहरुलाई पनि छुट दिन शुरु गरिसकेको छ। पहिला यो छुट भ्याक्सिन लगाएका यात्रीहरुलाई दिइदै थियो।
६ महिनापछी अष्ट्रियामा खुले होटल
अष्ट्रियामा पनि छ महिनापछी होटलहरु खोल्न दिइएको छ।। ग्राहकहरुको लागि अहिले पनि मास्क र सामाजिक दूरी भने अनिवार्य गरिएको छ। यहाँ इन्डोरमा पन्ध्र सय र आउटडोरमा तीन हजार मानिसहरु शामिल हुन पाउनेछन्। बार, रेस्टुरेन्ट पनि खुलेका छन्। अमेरिकाको राज्यहरु जहाँ कोरोनाको संक्रमण बढी थियो त्यहा पनि केहि खुल्ला बनाउन थालिएके छ।
नेपालः यहाँ दोश्रो भेरियन्टको केस बढी देखिएको छ। अहिलेसम्म नेपालमा कोरोनाको ३ वटा भेरियन्ट देखीएको छ। क
भारतः अहिले भारत कोरोनाको चपेटामा पर्ने मुलुकहरुको सुचिमा अग्रस्थानमा छ। कोरोनाका कारण यहाँ स्थिती भयावह छ।
ब्राजीलः यहाँ पनि कोरोनाले तिव्र क्षती पुर्याइरहेको छ। ब्राजिलमा दैनिक औसत २५ सय जनाले ज्यान गुमाइरहेका छन्। ७५ हजार नयाँ संक्रमित देखिएका छन्।
पाकिस्तानः चौबीस घण्टामा ३२ सय नयाँ संक्रमितहरु देखिएका छन्। १ सय ४ जनाले ज्यान गुमाइसकेका छन्।
रूसः एक दिनमा करिव आठ हजार नयाँ बिरामी थपिएका छन्। ३ सय ९० संक्रमितहरुको मृत्यु भयो। राजधानी मास्को सबैभन्दा बढी प्रभावित छ।