नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछी उनले आइतबार स्वाब परिक्षणका लागि दिएका थिए। सोमबार बिहान आएको रिपोर्टमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
प्रवक्ता शर्माले चिकित्सकको सुझावअनुसार स्वास्थ्यलाभ गरिरहेको जानकारी दिएका छन्। शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्।
‘डेरामै आइसोलेसनमा छु । ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ’ – उनले भने। उनले कोरोनाबाट बच्न सबै सजग हुनुपर्ने पनि बताएका छन्।