बैतडीको डिलासैनीमा भएको आफ्ना नेता तथा कार्यकर्तामाथिकाे आक्रमणप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सत्ता उन्माद प्रस्तुत नगर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका कार्यकर्ताले डिलासैनीमा भइरहेको कांग्रेसको कार्यक्रममा नियोजित आक्रमण गरेको कांग्रेसले जानकारी दिएको छ। नेकपाले केन्द्रकै शैली अपनाएकाे कांग्रेसकाे आराेप छ।
उक्त आक्रमण नेपाली क्रांग्रेसका केन्द्रीय सदस्य एनपी साउदलगनयतका केहि नेता कार्यकर्ता घाइते भएका छन्। कार्यक्रममा अर्की केन्द्रीय सदस्य डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघका पूर्वसभापति नैनसिंह महरलगायत सहभागि भएका थिए। घटनाका दाेषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न कांग्रेसले सरकारसँग माग गरेकाे छ।
