रामेछाप जिल्लाको सुनापति गाउँपालिका वार्ड नं १ गुन्सीमा दर्जनौं युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
शुक्रबार गुन्सीमा भएको एक कार्यक्रमकाबीच २ दर्जनबढी युवाहरुलाई कांग्रेसमा प्रवेश गराइएको नेपाली कांग्रेस गुन्सीका इकाई सभापति कमल बहादुर चौलागाईँले जानकारी दिए।
नव प्रवेशी युवाहरुलाई नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्काले कांग्रेसमा स्वागत गरेका थिए।
नव प्रवेशी युवाहरुले लोकतन्त्र र समृद्धिको अन्तिम विकल्प कांग्रेस भएको कारण आफूहरु कांग्रेसमा प्रवेश गरेको बताएका छन्। कार्यक्रममा नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि भरत चौलागाईँ, नेता जितबहादुर मोक्तान, नेतृ बिनिता खड्कालगायतको उपस्थिति थियो।