वैज्ञानिकहरूले बिरामीमा डिप्रेसन छ कि छैन भनेर पत्ता लगाउने नयाँ तरिका फेला पारेका छन् । यदी बिरामीको मुटुको धड्कन छिटो छिटो चल्छ र रातमा पनि उही रुपमा चल्छ भने डिप्रेसनको भएको संकेत हो । त्यस्ता व्यक्तिहरूको मुटुको धड्कन प्रतिमिनेट १० देखि १५ पटक बढीसम्म घड्कने गर्छ ।
वैज्ञानिकहरू भन्छन् कि मुटुको धड्कन रातको तुलनामा दिनमा बढी हुने गर्छ । तर रातमा पनि कसैको मुटुको धड्कन कम नभएर बढी नै धड्कियो भने उक्त मानिसलाई डिप्रेसन भएको छ भनेर बुझ्न पर्छ भनेका छन् ।
३२ व्यक्तिमा अनुसन्धान
केही समयअघि यो विषयमा जर्मनीको गोथे युनिभर्सिटीले ३२ जना व्यक्ति मानिसलाई डिप्रेसन भए नभएको पत्ता लगाउनको लागि अनुसन्धान गरेको थियो । जस मध्ये १६ जना मानिस डिप्रेसनबाट ग्रस्त थिए ।
उनीहरूको मुटुको दर परीक्षण गर्दा उनीहरुको मुटुको गति रातिको समयमा बढी भएको पाइएको थियो । त्यस्तै युनिभर्सिटीले अन्य १६ जना त्यस्ता व्यक्तिहरूलाई पनि समावेश गरेको थियो । उनीहरुमा भने त्यस्तो केही देखिएन ।
यी मानिसको मुटुको गति भने दिनको तुलनामा राति कम भएको पाइएको थियो । ३२ जना मानिसहरुबीच गरिएको यो अनुसन्धान बाट वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाएका हुन् । यी कुरालाई अनुशरण गरेर जो कोहीले पनि डिप्रेसन भए नभएको पत्ता लगाउने उनीहरुले बताएका छन् ।
यसरी पत्ता लगाउनुहोस् मुटुको गति
डिप्रेसन अथवा अस्वस्थता भएको बेलामा मानिसको मुटुमा दबाब बढी हुने विज्ञहरूको विश्वास छ । मानिस अवस्थ भएको बेला मानसिक रुपमा पनि असर पर्ने हुँदा यसले स्नायु र मुटुको दरलाई असर गर्दछ । त्यसैले यदी तपाईंले आफ्नो मुटुको गति बुझ्नको चाहनुहुन्छ भने तपाईंले २४ घण्टासम्म फिटनेस ट्रयाकर प्रयोग गरेर मुटुको दर पत्ता लगाउन सकनिेछ ।
मिनी इकोकार्डियोग्राममा निगरानी
अनुसन्धानकर्ता डा.कार्मेन शिवेक भन्छन्, ‘३२ जना मानिसहरुमा गरिएको अध्ययनको क्रममा मिनी इकोकार्डियोग्राम प्याच छातीमा राखिएको थियो । यो दिन र रातमा नै निरीक्षण गरिएको थियो । उदासिनता तथा तनाव भएको व्यक्तिको मुटुको गति सामान्य व्यक्तिको तुलनामा बढी रहेको देखायो ।’
मुटुको गतिको अध्ययन गरेर डिप्रेसनको ८१ प्रतिशतसम्म अनुमान गर्न सकिने अनुसन्धानकर्ताको दावी छ ।
मुटुको उच्च गति अर्थात गम्भीर डिप्रेसन
युरोपेली कलेज अफ न्यूरोसाय फार्मोकोलोजीको अनुसार मुटुको दरले गम्भीर डिप्रेशनमा परेका बिरामीहरूको बारेमा जानकारी प्रदान गर्दछ । त्यस्ता व्यक्तिहरूमा डिप्रेसन कम गर्नका लागि २ प्रकारका एन्टि–डिप्रेसनन्टहरू दिइन्थ्यो, तर यसको असर देखिएन् ।
विज्ञहरु भन्छन्, ‘यदि डिप्रेसन प्रारम्भिक चरणमा पत्ता लाग्यो भने सल्लाह र व्यायाममार्फत् उपचार गर्न सकिन्छ । तर यदि मुटुको दर र डिप्रेशनको कारण बढ्दो छ भने कोरोनरी आर्टरी रोग वा हर्टअट्याक पनि हुन सक्छ ।’