काठमाडौं - सिरहाको लहान नगरपालिकाले ९ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि ३२ गतेसम्म निषेधाज्ञा गरिएको हो ।
त्यस्तै सिरहाको छिमेकी जिल्ला सप्तरीमा पनि तीव्ररूपमा सङ्क्रमण फैलिरहेको छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले यो निर्णय गरेको वडा नं ७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले बताए ।
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । रासस