काठमाडौं– मान्छेको फेरिएको जीवन शैलीका कारण पछिल्लो समय विभिन्न रोगको सिकार भैरहेका छन् । त्यसममा पनि खानवानमा ध्यान नदिएकै कारण कयौं रोगहरु निम्तिरहेका छन् । नेपालीहरु खान नपाएर भन्दा पनि खान नजानेर रोगी भएका छन् भइरहेका छन् भन्ने कुरा त बेलाबेला डाक्टरहरुले भनि नै राख्या हुन्छन् ।
त्यसमा पनि ग्याष्ट्रिक प्रमुख समस्या मानिन्छ । खानपान जीवनशैली , कम शारीरिक व्यायाम, विभिन्न रासायन मिसावटयुक्त अन्न, विसादीपूर्ण तरकारीले मानिसलाई समस्यामा पारिरहेको छ । मसालेदार खाना, तारेको र भुटेको खानेकुरा नै अहिले हाम्रो शत्रु बनेको छ ।
ग्याष्ट्रिकबाट छुटकारा पाउने तरिका
हामी सबैको भान्छामा प्रायः ज्वानो र बिरे नुन हुन्छ । ज्वानो र बिरे नुनको उचित प्रयोगले ग्याष्ट्रिकबाट बच्न सकिन्छ । एक चम्चा बिरे नुनको धुलोमा पाँच चम्चा भुटेको ज्वानोको धुलो मिक्स गरी यही एउटा बन्द भाडोमा स्टोर गरेर राख्ने । जब तपाईलाई पेटमा समस्या देखपर्छ वा महसुस हुन्छ, तत्काल यसको प्रयोग गर्नुहोस् ।
यदि तपाईलाई ग्याष्ट्रिक छैन भने पनि राती सुत्नु अघि २ चम्चा आफुले तयार गरेको उक्त औषधी खाएर सुत्दा बिहान तपाईको पेट सफा हुनुका साथै दिसा पनि खुलेर आउने गर्छ ।