काठमाडाैं– समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीमाथिको कारवाही प्रकिया अगाडी बण्ढाउने भएको छ। नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयकको विरुद्धमा उभिएकी गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ।
हाल पार्टीका नेता उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा छन्। उनीहरु काठमाडौं आएलगतै पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बताएको छ।