काठमाडाैं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार भएता पनि हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो।
संविधानअनुसार १५ जेठमा प्रस्तुत गर्ने बजेटअघि संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ। सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ।
यस वर्षको बजेट कोरोना भाइरसपछिको पुनःजागरणमा केन्द्रित हुने भएको छ।