काठमाडौँ । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन र यौन दुराचार अभियोगमा सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गरेको छ ।
मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोगमा दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । अदालतले पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।
उनलाई थप सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकिएको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।
यो पनि पढ्नुस् :-
युवती बलात्कार प्रकरणः कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ
मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश
मनोज पाण्डेलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर