काठमाडौं । ८ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्। पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनले बताएकी थिइन्।