उत्तर प्रदेशको गाजियाबादमा एक अचम्मको घटना सार्वजनिक भएको छ ।
जहाँ एक युवकले आफ्नो मृत हजुरबुबाको कागजात दिएर आफ्नो नाममा सिमकार्ड किनेको र ८० भन्दा बढी महिलाहरुलाई दुव्र्यवहार गरेको घटना बाहिर आएको छ । यो घटना तब बाहिर आयो, जब गाजियाबाद इन्दिरापुरम बस्ने एक २६ बर्षीय महिला प्रहरी चौकी पुगिन् र आफ्नो पीडा सुनाइन् ।
प्रहरी चौकीमा उजुरी दिँदै ती महिलाले भनिन् कि एक युवकले उसलाई अश्लील सन्देश पठाउँछन् ,जसमा अश्लील तस्वीरहरु पनि हुनछन् । ती महिलाका अनुसार अभियुक्तले उनीसँग भिडियो कल गरेर अश्लील काम गर्थे ।
महिलाको उजुरीलाई गम्भीरताका साथ लिएर प्रहरीले यो मुद्धा गाजियाबाद प्रहरीको साइबर सेललाई हस्तान्तरण गरेको थियो । यस विषयमा साइबर सेलले अनुसन्धान थाल्यो । अनुसन्धानका दौरान प्रहरीलाई चकित गर्ने तथ्य फेला पर्यो, अश्लील कल गर्ने आरोपीले प्रयोग गर्ने सिमकार्ड मृत व्यक्तिको नाममा किनेको थियो ।
जब प्रहरीलाई अभियुक्क्तको ठाउँको बारेमा थाहा भयो, तुरुन्तै त्यहाँ छापा मारियो । पहिले आरोपीको परिवारसँग सोधपुछ गरियो र त्यसपछि प्रहरीले युवकलाई गिरफ्तार गर्यो । अभियुक्क्तको पहिचान सोनू चौधरीको रुपमा भएको छ । २२ बर्षीय चौधरीको मोबाइलमा ८२ जना महिलाहरुको नम्बर प्रहरीले भेट्यो । जसलाई उनले अश्लील सन्देश पठाउँथे ।
सोधपुछका क्रममा अभियुक्त सोनुले भने उनको हजुरबुबाको निधन भएको ५ बर्ष भइसकेको छ । कोरोनाको दोस्रो लहरको बेला उनी इन्दिरापुरम क्षेत्रमा नरिवल बेच्थे ।
आफ्नो काम बढाउनका लागि उनले इन्दिरापुरमभरी स्टिकरहरु राखेका थिए । जसमा उनको फोन नम्बर पनि राखिएको थियो । उक्त नम्बरमा जब महिलाले फोन गर्थे, अनि त्यो नम्बर सेभ गरी उनले पछि अश्लील सन्देशहरु पठाउँथे ।