काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २, प्रदेश सभा (क) ले चाडपर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी कात्तिक २१ गते शनिबार बिहान ८ बजे काठमाडौं क्षेत्र नम्बर २ स्थित महादेवस्थान परिसरमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा चाडपर्वको शुभकामना आदान–प्रदान गर्नुका साथै नेपाली कांग्रेसको केन्द्रीय समितिमा विजयी भएका क्षेत्र नम्बर २ का नेताहरूलाई कदरपत्र प्रदान गरिनेछ। उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्ने कार्यक्रम पनि राखिएको छ।
त्यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान, जीवनदान’ भन्ने नारासहित रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २, प्रदेश सभा (क) को आयोजनामा हुने कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १, ९ र ३२ का कांग्रेस कमिटीहरूको पनि सहभागिता रहनेछ। वडा नम्बर ९ का सभापति पुष्कर बस्ताकोटीसमेत कार्यक्रमको आयोजनामा जोडिएका छन्। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, बुद्धिजीवी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेका छन्।