काठमाडौं ।पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
जीराभवानी गाउँपालिका–५ स्थित सडकमा आइतबार राति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय संजय खवासको मृत्यु भएको हो ।प्रहरीका अनुसार बा.४४ प २३०० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका खवासलाई उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।