काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको संख्या बढेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसअघि कायम रहेको ७ हजार २५५ प्रतिनिधिको सूचीमा थप १२२ जना समेटिएपछि कुल प्रतिनिधि संख्या ७ हजार ३७७ पुगेको हो।प्रतिनिधिको संख्या थपिएसँगै कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान गर्ने मतदाताको संख्या पनि बढेको छ।यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका थिए।१५औँ महाधिवेशनमा प्रतिनिधिको संख्या अघिल्लो महाधिवेशनको तुलनामा उल्लेख्य रूपमा बढेको निर्वाचन समितिले जनाएको छ।