काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्यहरू पार्टी कार्यालय पुग्ने क्रम जारी छ।एमालेको ११औँ महाधिवेशनपछि गठन भएको स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीका आगामी कार्यक्रम र संगठनात्मक गतिविधिका विषयमा छलफल हुने बताइएको छ।यसअघि असोज ८ गते बसेको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। सोही बैठकबाट एमालेले नयाँ स्थायी कमिटीसमेत गठन गरेको थियो।
वरिष्ठ नेता बनेकी भण्डारी आजको स्थायी कमिटी बैठकमा सहभागी हुने तयारी छ। बैठकमा सहभागी हुनुअघि उनले पार्टीको वरिष्ठ नेताका रूपमा शपथसमेत लिएकी छन्।एमालेले पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे बैठकबाट आवश्यक छलफल तथा निर्णय गर्ने जनाएको छ।