काठमाडौं ।नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ।
शर्माले सोमबार महाधिवेशनको बन्दसत्रमा उक्त प्रस्ताव पेस गरेका थिए। प्रस्तावमाथि बन्दसत्रमा छलफल भएपछि बुधबार त्यसलाई पारित गरिएको हो।समसामयिक विषयसँग सम्बन्धित शर्माको प्रस्ताव छलफल र आवश्यक प्रक्रिया पूरा गरेपछि बन्दसत्रबाट अनुमोदन भएको कांग्रेसले जनाएको छ।