काठमाडौं ।नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको पार्टीको आर्थिक प्रतिवेदन पारित भएको छ।
महाधिवेशनको दोस्रो दिन श्रेष्ठले कांग्रेसको आर्थिक अवस्था र कारोबारसँग सम्बन्धित प्रतिवेदन बन्दसत्रमा पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भएपछि बुधबार पारित गरिएको हो।आर्थिक प्रतिवेदन पारित भएसँगै महाधिवेशनका क्रममा पार्टीको आर्थिक पक्षसँग सम्बन्धित औपचारिक प्रक्रिया पनि अघि बढेको छ।