काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र करिब पाँच घण्टा ढिलाइपछि काठमाडौंमा सुरु भएको छ।
बुधबार बिहान साढे १० बजेका लागि तय गरिएको बन्दसत्र वर्षाका कारण प्रभावित भएपछि अपराह्न ४ बजेबाट सञ्चालनमा आएको कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा . सुरेश आचार्यले जानकारी दिएका छन्।बन्दसत्रमा सभापति गगन थापाले केही समयपछि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।यसैबीच, कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी तथा समर्थनको क्रम चलिरहेका बेला बन्दसत्रसमेत अघि बढेको हो।